Call us now9841368886

ज्येष्ठ प्राध्यापक समाजबाट विभिन्न व्यक्ति सम्मानित

काठमाडौं । ज्येष्ठ प्राध्यापक समाजले विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको छ । समाजको दशौँ साधारणसभाका अवसरमा उनीहरूलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरूमा शताब्दी टेकेका डा. गौरीशंकर लाल दास, ९३ वर्षीय माधवप्रसाद शर्मालगायत व्यक्तिहरू छन् ।

काठमाडौंमा आयोजित कार्यक्रममा ज्येष्ठ प्राध्यापक समाज गठन गरिएदेखि त्यसले हालसम्म गरेका कामहरूका बारेमा जानकारी समेत गराइएको थियो । समाजका अध्यक्ष डा. विमलकुमार शर्माले यसको स्थापना, गरेका काम र गर्न सकिने कार्यका विषयमा जानकारी गराएका थिए ।

समाजले ज्येष्ठ प्राध्यापकहरूका निम्ति विभिन्न सेवामूलक कार्य गर्दै आएको छ । ०६६ सालमा स्थापित संस्थामा अवकाशप्राप्त प्राध्यापकहरू आबद्ध छन् ।

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १०:०३

Source:baahrakhari.com